प्रदेश १

९ लाख तेस्रो लिङ्गी, १ सय ६७ को मात्रै नागरिकता

By थाहा अनलाइन

July 15, 2018

सैघाली खबर, ३१ असार ।

नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला, द्धिलिङ्गी पुरुष र अन्तरलिङ्गी पर्दछन् ।

२०६४ यत १ सय ७० जनाले मात्रै अन्य समूहअन्तर्गत नागरिकता पाएको निलहीरा समाजको तथ्यांकमा उल्लेख छ । गत संघीय निर्वाचनमा १ सय ६७ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकको मतदाता नामावलीमा नाम सूचीकृत गरिएको थियो ।