यति धेरै बोल्ड तस्बिर राष्ट्रपतिकै हो त ?



सैघाली खबर, ३१ असार ।

क्रोएशियाकी राष्ट्रपति कोलिन्डा ग्रबर किटारोभिचको भिडियो भायरल भएको छ । भिडियोमा उनी राष्ट्रिय टोलीसँग रुसमाथि क्वार्टरफाइनलमा मिलेको जितमा खुशी मनाइरहेकी छिन् । क्रोएशियाको झण्डावाला पोशाक लगाएकी कोलिन्डालाई संसारकै सबैभन्दा हटेस्ट राष्ट्रपति पनि भनिन्छ ।

नुहाइरहेकी एक महिलाको ज्यादै बोल्ड फोटो पोस्ट गरिएको थियो । जुन कोलिन्डाको भन्दै उनलाई हटेस्ट राष्ट्रपतिको ट्याग लगाइदियो । फोटो सोसल मिडियामा भायरल भएपछि पता लाग्यो कि ती महिला कोलिन्डा नभइ अमेरिकाकी मोडल को–अस्टिन हुन् ।

यसपछि कयौं समाचार च्यानलले कोलिन्डा र कोकोबीच समानतामा टाक शो समेत चलाए । कोलिन्डा क्रोएशियाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनेकी छिन् । सन् १९९६ मा जेकोभ किटारोभिचसँग बिहे गरेकी उनका दुई सन्तान क्याटरिना र लुका रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्