सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो



सैघाली खबर, ३१ असार ।

भारतको उत्तर प्रदेशको सम्भल जिल्लामा एक महिलालाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । शनिबार राति  २ बजेतिर पाँचजनाको समूहले सामूहिक बलात्कार पछि जिउँदै जलाएर हत्या गरेका हुन् । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर प्रहरीबाट कुनै सहयोग नभएको महिलाका पतिले बताएका छन् ।

बलात्कारपछि महिलालाई घर नजिकैको मन्दिरमा लगेर जिउँदै जलाइएकोे टाइम्स अफ इण्डियाले जनाएको छ । महिलाका २ जना सन्तान रहेका छन् । घटनाको समयमा हल्लीखल्ली गर्दा ठूलो पानी परेकाले कसैले सुन्न नसकेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्