सुनको भाउ घट्यो

By थाहा अनलाइन

July 09, 2017

असार २५ – सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलाको ५३ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि २० रुपैयाँ घटेर तोलाको ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि कम भएको महासंघले जनाएको छ ।