अब बैंकबाट आवासीय कर्जा डेढ करोडसम्म पाइने



२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको  रकमको सीमा बढाएको छ । अहिलेसम्म बैंकहरुले आवासीय कर्जाका रुपमा घर किन्न १ करोड मात्रै ऋण प्रवाह गर्दै आएका थिए । अब भने १ करोड ५० लाख रुपैयाँसम्म आवासीय कर्जा पाउने गरी नयाँ मौदि्रक नीति सार्वजनिक गरिएको हो ।

आइतबार आगामी आर्थिक वर्षको लागि मौदि्रक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले १ करोड ५० लाख रुपैयाँसम्म आवासीय कर्जा दिन सकिने नयाँ ब्यवस्था गरिएको बताए ।

काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) हालको ५० प्रतिशतबाट ४० प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ । अन्य स्थानका हकमा साविकको ५० प्रतिशत अनुपातलाई निरन्तरता दिइएको छ ।

यो व्यवस्थाले संघीयता कार्यान्वयन भइरहेको सन्दर्भमा विकेन्दि्रत विकासलाई समेत प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्