प्रेमगीत २’ को कन्सर्टमा रमाए दर्शकहरु



काठमाडौं, २५ असार । साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म प्रेमगीत २ को दमौलीदेखि नेपालगंज हुँदै बिर्तामोडसम्म झण्डै दुईहप्ता लामो सांगीतिक कन्सर्ट सकेर टोली आइतवार राजधानी फर्किएको छ ।

यो सांगीतिक यात्रामार्फत फिल्मका कलाकारदेखि निर्माता, निर्देशक दर्शकसँग माया साट्दै देशका विभिन्न शहरहरु पुगेका थिए । दमौली फुटबल मैदान, पोखरा चिप्लेढुंगा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा कन्सर्ट आयोजना गरिएको थियो । सांगीतिक कन्सर्टमा हजारौं दर्शकहरुको साथ पाएको फिल्मका नायक प्रदीप खड्काले बताए । अब काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत २ को कन्सर्ट आयोजना हुने छ ।

‘हामी कन्सर्टमार्फत वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ निर्माता सन्तोष सेन भन्छन्, ‘एघार सहरमा हामीले एउटै मन पायौं दर्शकको । दर्शक प्रेमगीतबाट स्तरिय मनोरन्जन चाहन्छन् ।’

यो देश दौडाहामा नायक प्रदीप खड्का र नव(नायिका अश्लेषा ठकुरीसँग सयौं दर्शकहरुले सेल्फी खिचे भने प्रदीपलाई सयौं यूवतीहरुले ुआई लब यूु भन्दै गुलाबको फूलले न्यायो माया दर्साए । ‘रियल दर्शकसँग हेलिन पाएँ’ प्रदीपले सुनाए, ‘फिल्मलाई लिएर उनीहरुभित्रको हुटहुटी फिल गरेँ । यसले ममा थप दायित्वको समेत बोध गराएको छ ।’

रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको छ । प्रेमगीत २ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्