म्यानपावर व्यावसायी चुनावी चटारो ‘अटेरी गरी भोट क्रस गरे ,सदस्यता खारेजी गर्ने चेतावानी ’



 

सैघाली अनलाईन खबर
२५ असार
काठमाडौं । असार ३० गते राजधानीमा हुन गइरहेको म्यानपावर व्यवसायीहरु आवद्ध नेपाल बैदेशिक रोजगार संघको चुनावको प्रचार तीव्र रुपमा भइरहेको छ ।
प्रगतिशील र लोकतन्त्रिक समूहगरी दुई ओटा प्यानल चुनावी मैदान देखिएको छ । प्रगतिशील समूहबाट रोहन गुरुङलाई अध्यक्ष पदमा उम्मेदवार सारिएको छ भने कांग्रेसी पक्षधर व्यवसायीको तर्फबाट वर्तमान अध्यक्ष विमल ढकाललाई अगाडि सारिएको छ ।
ढकालको नेतृत्वमा सबै पदमा उम्मेदवार टुंग्याइएको छ । भोट माग्ने क्रम तीव्रतामा भइरहेको जनाइएको छ । मतदातालाई रिझाउन अहिलेसम्म दर्जन कार्यक्रमको आयोजना गरिसकिएको पनि बताइएको छ । ढकाल नेतृत्वको ‘विमल ढकाल संयुक्त व्यवसायी समूह’को निर्वाचन परिचालनको व्यवस्थापन कांग्रेसी विचारधाराका म्यानवापर व्यावसायीहरु आवद्ध संगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष विष्णुप्रसाद गैरेले गरिरहेका छन् ।
यसैबीच कांग्रेस समर्थकद्वारा संचालित गौशालाको अनुमप ब्यैंक्वेटमा आयोजित समूहले आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उम्मेदवार विमल ढकाल समूहलाई भोट नहाले फोरमबाट म्यानपावर व्यवसायीहरुको सदस्यता खारेज गरिदिन निर्देशन दिएका छन् । आफू र आफनो समूहलाई भोट नदिने फोरमका सदस्यहरुलाई फोरमबाट हटाउने पाण्डेको चेतावनीलाई मञ्चमा बसिरहेका उम्मेदवार ढकालले थाली बजाएर समर्थन गरेका थिए ।
पाण्डेको धम्कीयुक्त चेतावनीपछि संघका मतदाता रही फोरममा आवद्ध रहेका मतदाताहरु भने रुष्ट भएका छन् । मुख्यगरी रामचन्द्र पौडेल पक्षधर मतदाताहरु सहभागी मञ्चबाटै धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै रुष्ट भएका हुन् । ढकाल नेपाली कांग्रेसमा शेरबहादुर देउवाका कट्टर पक्षधर हुन् ।
अध्यक्ष रहँदा ‘फ्रि टिकट र फ्रि भिसा’को विरुद्ध काम गरेर वैदेशिक रोजगारमा जाने युवाहरुमाथि अन्याय गरेको गुनासो पौडेल पक्षधर मतदाताहरुले गरिरहेका छन् । अध्यक्षमा निर्वाचित भएर आएदेखि नै ढकालसँग सरकारले घोषणा गरेको ‘फ्रि टिकट र फ्रि भिसा’ कार्यान्वयनमा सघाउनुपर्ने माग संघ र संघको बैठकमा पटकपटक कुरा उठेपनि ढकालले पूरै बेवास्ता गरेको पौडेल पक्षधर मतदाताहरुले नाम उल्लेख नगर्ने सर्तमा अनलाइन डबलीलाई बताए ।
‘हाम्रा अध्यक्ष विमल ढकालले फ्रि टिकट र फ्रि भिसालाई नियोजित रुपमै कार्यान्वयन गर्नामा असहयोग गरेकै हो’ संघका कार्यसमिति सदस्य समेत रहेका एक म्यानपावर व्यवसायीले बताए । संघमा ८ सय ५१ म्यानपावर व्यवसायी मतदाताको हैसियतमा रहेको संघले जनाएको छ ।
यीध्ये ३ सय ३५ जना फोरममा आवद्ध रहेको दाबी फोरमका अध्यक्ष विष्णुप्रसाद गैरेले गरेका छन् । केही मेहनत गरे संघको चुनाव ढकाल समूहले जित्ने दाबी समेत अध्यक्ष गैरेले गरे । अहिले ढकाल समूह भोट क्रस गर्ने सम्भावित पात्रहरुको पहिचान गर्ने काममा लागेको स्रोतले बतायो ।
ढकाल समूहलाई भोट नहाल्ने सदस्यलाई फोरमबाटै सदस्यता खारेज गरिदिने चेतावनीलाई फोरम अध्यक्ष गैरेले घुमाउरो तरिकाले स्वीकारे । यसबारे जिज्ञासा राख्दा गैरेले भने ‘हाम्रा साथीहरुले हाम्रै प्यानललाई भोट हाल्ने हो नि, नहालेको खण्डमा प्रक्रियामा लगेर हटाउनेसम्मनको कारवाही हुने कुरा स्वभाविक हो ।’ चुनाव जित्न भन्दै धेरैपटक भोज चलाइसकेका छन् । आइतबार पनि अनुपममै भोज चलाउने तयारीमा रहेको बताइएको छ ।
ढकाल सरकारले ल्याएको ‘फ्रि टिकट र फ्रि भिसा’ कार्यक्रमको घोर विरोधी हुन् । अहिले पनि खाडीलगायत मुलुकमा जाने नेपाली कामदारहरुसँग लाखौं रुपैयाँ असुल्ने कार्य म्यानपावर व्यवसायीरकम्पनीले जारी राखेका छन् । जसको प्रत्यक्ष मार बेरोजगार युवा र तिनका परिवारलाई परेको छ । मूल्य लिएर युवाहरुलाई बिक्री गर्ने काम गरेर म्यानपावर व्यवसायीहरुले वैधानिक रुपमा ‘मानव तस्करी’ गरिरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले ती व्यवसायीरकम्पनीलाई कारवाही गर्न सरकारसँग माग गर्दै नगरे जनकारवाही गर्ने चेतावनी दिँदै आएको छ ।
‘फ्रि टिकट र फ्रि भिसा’ कार्यान्वयन भएमा कामको खोजीमा विदेश जाने युवाहरुलाई राहत मिल्ने खाडी मुलुकमा काम गरेर फर्कनेहरु बताउँछन् । व्यवसायीरकम्पनीहरुले अहिले पनि मलेसिया लगायत खाडी मुलुकमा जाने कामदारसँग पाउने तलब हेरेर १ देखि ३ लाख रुपैयाँ असुल्ने धन्दा जारी राखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्