हामीहरु सरकारलाई रचनात्मक सहयोग गर्न तयार छौ-नेता गच्छदार



नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन्।

सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले कांग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको बताए।

उनले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै संवैधानिक निकाय, प्रेस स्वतन्त्रता र न्यायपालिकामा समेत हस्तक्षेप गरेको आरोप लगाए।

उनले फरक प्रसंगमा मुलुकमा धेरै पार्टी नरहने दाबी गर्दै नेकपा र नेपाली कांग्रेस मात्र रहने जिकिर गरे। उनले सुनसरीको विकास निर्माणमा आफ्नो सबैभन्दा ठूलो योगदान रहेको दाबी गरे।

कार्यक्रममा बर्जू गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि रु ३६ करोड, ६६ लाख, १४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । गाउँपालिकाका अध्यक्ष राघुनन्दन चौधरीले कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका शीर्षकमा विनियोजित बजेट सार्वजनिक गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्