धनपति नायिका सुरक्षालाई नजिकबाट चिन्नुहोस्



धनपति नायिका सुरक्षालाई नजिकबाट चिन्नुहोस्

सैघाली अनलाईन खबर
२५ असार , दाङ ।  गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘धनपति’को ट्रेलर रिलिजसँगै चर्चा व्यापक छ । उसो त धनपतिको चर्चा यसको छायांकनदेखि नै सुरु भएको थियो । दर्शकले अत्यधिक रुचाएको चलचित्र ‘पशुपतिप्रसाद’को टिमले निर्माण गरेका कारण पनि ‘धनपति’ प्रतिक्षित बनीरहेको छ ।

सामाजिक र राजनितिक पक्षलाई उजागर गरिएको ‘धनपति’ ले नेपालमा रहेको युवा बेरोजगारी र राजनितिक विकृतिलाई देखाएको छ । ‘धनपति’ को चर्चासँगै यस चलचित्रकी नायिका सुरक्षा पन्तको पनि यतिबेला चर्चा चुलिएको छ । ‘अझैपनि’ मार्फत चलचित्रमा डेब्यु गरेकी सुरक्षाले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

मिडियाकर्मी हुन् सुरक्षा

सुरक्षा पन्त मिडियाकर्मी हुन् । उनी कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘कल कान्तिपुर’को भिजे हुन् । उनी कविता लेख्न मन पराउँछिन् । बाल्यकालदेखि नै उनलाई कविता लेख्न मन पथ्र्यो । उनले मिठो शैलीमा वाचन गरेका कविताहरु युट्युबमा पनि उपलब्ध छन् । उनको घर बुटवल हो । उनले बुटवलको न्यू होराईजन ईङग्लिस् स्कुलबाट सन् २००६ मा एसएलसी उत्तिर्ण गरेकी हुन् । पढाईमा पनि अब्बल उनी स्कुल पढ्दा सधैँ पहिलो हुने गर्थिन् । काठमाडौँको बानेश्वरबाट उनले प्लस टु गरेकी हुन् ।
इन्जिनियरिङमा स्नातक
विज्ञान विषयमा प्लस टु उत्तिर्ण गरेपछि घर परिवारले उनलाई चिकित्साशास्त्र पढ्न सुझाए । परिवारमा डाक्टर र इन्जिनियरकै बाहुल्यता रहेका कारण पनि सुरक्षालाई तीनै विषय अध्ययन गर्न दबाब थियो । सुरक्षित भविष्यका लागि परिवारले उनलाई डाक्टर पढ्न सुझायो । तर, उनको मन सानैदेखि मिडिया क्षेत्रतर्फ थियो । उनी मिडियाकर्मी बन्न चाहन्थीन् ।

यद्यपी, दबाबका कारण नै उनले इन्जिनियर पढ्ने निर्णय गरिन् । डक्टरभन्दा इन्जिनियरिङले केहि हदसम्म चाहनामा पुरा गर्नमा सहयोगी हुन्छ भन्ने उनको सोच थियो । यहि सोचकाकारण उनी काठमाडौँ इन्जिनियरिङ कलेजमा भर्ना भईन् । उनले सन् २०१४ मा चार वर्षे सिभिल इन्जिनियरिङ कोर्ष पुरा गरिन् । पढाई सकेर उनले दुई वर्ष भन्दा बढी समय इन्जिनियरिङ क्षेत्रमा काम पनि गरिन् । उनले सानेपाको ब्रज एण्ड सांग्रिला रेसिडेन्सीमा कन्स्ट्रकसनको काम गरेकी थिईन् ।

इन्जिनियरिङट कसरी नायिका रु
मिडिया क्षेत्रमा उनको सुरुवात टेलिभिजन कार्यक्रममार्फत सुरु भएको थियो । इन्जिनियरिङ पढ्दा पढ्दै उनी इमेज च्यानलको ‘इमेज भिजे हण्ट’ प्रतिश्पर्धामा सहभागी भईन् । ‘इमेज भिजे हण्ट’ को शीर्ष तीनमा पुगे पछि उनी बाहिरिन् । शीर्ष तीन मा पुगेपछि उनले उक्त प्रतियोगिताका लागि पुरा समय दिनु पर्ने भयो । तर त्यतिखेर उनको इन्जिनियरिङको पढाइ चलिरहेका कारण उनले समय दिन सकिनन् । यद्यपी, मिडियामा काम गर्दा गर्दै उनलाई चलचित्रमा काम गर्ने अफर आयो । उक्त अफर उनले नकारिनन् । र चलचित्रमा डेब्यु गरिन् ।

‘धनपति’ की राज्यलक्ष्मी
हाल ‘धनपति’ मा उनी खगेन्द्र लामिछानेको श्रीमतिको भूमिकामा देखिएकी छिन् । चलचत्रिमा उनी ‘धनपति’ ९खगेन्द्र लामिछाने० को राज्यलक्ष्मी भएर देखिने छिन् । चलचित्रमा उनको नाम राज्यलक्ष्मी रहेको छ । उनले गज्जबको अनलाईनसँगको कुराकानीमा ‘धनपति’ बाट आफु निकै आशावादी रहेको बताएकी छिन् । निर्देशक दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेसँग काम गर्दा धेरै कुरा सिक्ने र जान्ने मौका पाएकोमा उनी निकै खुशी छिन् । उनले ‘धनपति’ को सुटिङ बेलाका केहि किस्सा पनि सुनाइन् । सुटिङका क्रममा बन्दका सुट गर्दा निकै तनाव र रमाईला भएको उनले खुलासा गरिन् । ‘धनपति’ मा बन्दको दृश्य खिच्न साँच्चीकै सडक बन्द गरिएको थियो । जुन कुरा निर्देशक दीपेन्द्र के खनालले पनि बताइसकेका छन् ।

थिएन परिवारको सर्पोट
सुरक्षाले चलचित्र ‘अझैपनि’ मा अभिनय गर्दै छु भनेर घरमा आमा बुवालाई भनेकी थिईनन् । तर आमा बुवा न हुन् छोरी के गर्दैछे रु भनेर टाढैबाट भएपनि नियालीरहेकै हुन्छन् । पत्रपत्रिकाहरुमा छोरीबारे समाचार आएपछि थाहा पाईहाले । छोरीले चलचित्रमा अभिनय गर्न लागेको कुराले परिवार दुखी भयो । इन्जिनियर पढीरहेकी छोरी नायिका बन्न लागेकोमा उनीहरुले तिव्र असन्तुष्टी जनाए । सुरक्षालाई आमा बुवा दुबैले चलचित्र नगर्न चर्को दबाब दिए । चलचित्र क्षेत्र नराम्रो क्षेत्र हो भन्ने छाप रहेको समाजमा उनले आमा बुवालाई बुझाउन सकिनन् ।

परिवारको चाहना विपरीत उनले चलचित्रमा काम गरिन् । जब चलचित्र रिलिज भयो सुरक्षा की आमा हलमा गएर चलचित्र हेरिन् । त्यसपछि परिवार सबै गएर चलचित्र हेरे । परिवारले राम्रो भन्न त सकेनन् तर नराम्रो पनि भनेनन् । छोरीको चाहनाको अघि परिवारको केहि लागेन । उनले धनपतिमा पनि अभिनय गरीन् । आजकल भने परिवारले उनलाई केहि भन्ने गरेको छैन् । राम्रो काम गर, अगाडि बढ हामी छौँ भनेर हौसला दिने गरेको उनी बताउँछिन् ।

 

 

यसरी मिल्यो ‘धनपति’
धनपति अघि उनले चलचित्र सुस्केरामा पनि काम गरिसकेकी छिन् जुन रिलिज हुने तयानीमा छ । सुस्केराका निर्देशक साम्तेन भुटियाले नै निर्देशक दीपेन्द्र के खनाललाई ‘धनपति’का लागि सुरक्षालाई लिन सुझाएका थिए । सुरक्षाले ‘सुस्केरा’मा गरेको जिवन्त अभिनयका कारण साम्तेनले धनपतिका लागि सुरक्षालाई सुझाएका हुन् । दीपेन्द्रले सुरक्षालाई ‘धनपति’को कथा बताए । सुरक्षालाई मनपर्यो । दीपेन्द्रले उनलाई सीधै अनुबन्ध भएको मौखिक रूपमा जानकारी गराए । केही दिनपछि दीपेन्द्रले खगेन्द्र लामिछानेलाई भेटाइदिए । खगेन्द्रसँग पनि सुरक्षाको छलफल भयो । र सुरक्षाले सम्झौता पत्रमा हस्ताक्षर गरिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्