वाढी पिडितहरुको राहात वितरणमा ढिलाई



सैघाली अनलाईन खबर
२५ असार , दाङ ।   जिल्लाका वाढी पिडितहरु नेपाल सरकारले गत असार १५ देखी राहात वितरण गर्ने भनिएता पनि अझै वितरण हुन सकिएको छैन । जसका कारण वाढी पिडितहरु योवर्खामा खोलाकै बगरमा त्रिपाल मुनि नै विताउने भएका छन । सरकारले २०७१ साल श्रावण ५ गते आएको वाढीका कारण जिल्लाका ४ सय १५ घर पुर्ण रुपमा भत्किएका थिए । भत्किएका घरहरुको पुर्ण निर्माणका लागि सरकारले करिव ३ वर्ष पछि ३ लाख ५० हजार प्रति परिवार वितरण गर्ने भनिएता पनि अझै वितरण हुन नसकेको जनाएको छ । भवन डिडिभजन कार्यालय दाङका प्रमुख राजेन्द्र प्रसाद पाण्डेका अनुसार पिडितहरुको लगत संकलन जारी रहेकाले वितरणमा धेरथोर ढिलाई भए पनि श्रावणको पहिलो साता देखी वितरण सुरु गरिने जानकारी दिए ।

वाढी पश्चात्त राहात स्वरुप ५० हजार पाईसकेका १ सय ४९ र २५ हजार २ सय ४९ जनाले लगिसकेकाहरुको लगत संकलन भई रहेको वाँकी अन्य १७ जनाको नामावली पुनः दोहोरिएकाले लगत संलकन , दोहोरिएका नामावली हटाउने कार्यजारी रहेकाले पनि वितरणमा ढिलाई भएको उनले वताए । उनले भने केही ढिलाई स्थानिय तहको निर्वाचनले पनि थपिदिएको भन्दै श्रावण २ गते देखी राहात वितरण गरिने तयारी रहेको पाण्डेले वताए ।

४ सय १५ मध्ये १ सय ४४ जना घरवार विहिन र जग्गा विहिन रहेकाले घरवार विहिनका लागि ३ लाख र जग्गा र घरवार विहिन भुमिहिनहरुको लागि ३ लाख ५० हजार वितरण गर्न लागिएको उनले वताए । जसमा डुरुवाका ४० , उरहरीका ७१ , हेकुलीका ५ , मानपुरका २५ , श्रीगाँउका १७ , पुरन्धराका ७१ , फुलवारी ७२ , गोल्टाकुरी ५२ , पञ्चकुले २५ , ढिकपुरका २ , धनौरीका १३ , काँभ्रेका २ , रामपुर १ , सतवरिया १ र हापुर १ गरी जम्म ३ सय ९८ जनाको लगत संकलन भएको पाण्डेले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्