भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम



जंग बहादुर रेउले
असार २५ दाङ । दाङको घोराही उपमहानगरपालिकामा गुरुहरु संग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गुरु पुर्णिमा दिन घोराही उपमहानगरपालिका वडा नं. ७ मा आइतबार बाल शान्तिगृहमा गुरुहरु संगको भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।


घोराही उपमहानगरपालिका वडा नं.७ का अध्यक्ष खोपिराम चौधरीको अध्यक्षता एवं घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख अतिथि घोराही उप–महानगरपालिकाकी उपमेयरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथी मेयरले आफुले चाहेको सहयोग गर्ने र गरिब दुखीको सेवा नै वास्तविक धर्म भएको बताएका थिए ।
भेटघाट कार्यक्रममा गुरु पु्र्णिमा दिन आफु भन्दा माथिका अभिभावकलाई बाल शान्तिगृहका बालबालिकाद्धारा राष्ट्रिय गितहरु, प्राथना, गुरुपुजा,टिकामाला लगाइ दिएका थिए । भने विभिन्न सडक नाटक सम्बन्धी नृत्यहरु प्रस्तुत गरेका हुन ।
संस्थाका सञ्चलक भोलानाथ योगीले संस्थाको पहिचान दिएका थिए । संस्था २०३९ साल देखि सञ्चालित रहेको र द्धण्द्ध पडित, घरेलु हिंस्मा, अपाङ्ग, दलित बालबालिका सेवा दिइरहेको समेत जानकारी दिएका थिए । हाल ३८ जना बालबालिका सहितको आवासीय रहेको बताएका थिए । बाल शान्तिगृहकी बालिका सिमा चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सञ्चालक भोलानाथ योगीले गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्