तुलसीपुर उपमहानगरमा मुस्कान सहितको सेवा शुरु गर्छु ः मेयर पाण्डे



सैघाली अनलाईन खबर
२५ असार , दाङ । तुलसीपुर उपमहानगरपालिका का नवनिर्वाचित मेयर घनश्याम पाण्डेले उपमहानगरपालीकाले प्रवाह गर्ने सेवाहरु अव मुस्कान सहितको हुने वताएका छन । नवानिर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम लाई सम्वोधन गर्दै नव निर्वाचित पाण्डेले निर्वाचनमा आफु विजयी भएपछि आफना प्रतिष्पर्धिहरुले वधाई ज्ञापन गरी निर्वाचनलाई मुस्कानसहितको वनाएको भन्दै अव आफुले उपमहानगरपालिकामा मुस्कान सहितको सेवा अरम्भगर्ने प्रतिवद्धता गरे ।   तुलसीपुुरको विकासका लागि निर्वाचनका वेला आफुले गरेकाप्रतिवद्धता संगै अन्यदलले गरेका प्रतिवद्धताको स्वामित्व ग्रहण गरेको उद्धघोष गर्दै नवनिर्वाचित पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई नेपालकै सुरक्षित नमुना नगर वनाउने तुलसीपुरमा स्माट सिटिको विकास गर्ने वताए ।  

आफनो पहिलोकामा सडक सञ्जाल वाट वाहिर भएका नागरीकहरुलाई सडकसञ्जालमा जोडने, खानेपानिको समस्याको समाधान गर्ने २२औसत्वादी सम्मपनि दियालोको उज्यालोमा वस्न नागरीकहरुलाई विद्युत्त सेवा उपलब्ध गराउने प्रमुख काम हुने मयर पाण्डेले प्रतिवद्धता गरे । नगरवासिलाई उद्यमशिल्ताको विकासमा जोडि वेरोजगारी समस्या समाधान गर्नेपनि उनले वताए ।
समृद्धिको विकासका लागि सहसह्राव्दी विकास योजना तयार गरि अगाडि वढने उनको प्रतिवद्धता थियो ।

पाण्डे सपथ ग्रहणलाई मुलमन्त्रमानि नागरीक सेवा र नगरको विकासमा आफु संधैचिन्तनशिल रहने भन्दै निर्वाचित वडाअध्यक्ष र सदस्यहरुलाई तालिवजाएर संकलप पास गराएकाथिए ।
उपमहानगरको विकासका लागि निदाएको स्वपना हैन दिवाकल्पना गरेर अन्तराष्ट्रिय स्तरको महानगरका रुपमा विकास गर्न आफुकटिवद्ध रहेको भन्दै विकासमा सहकार्यताका लागि सवै राजनैतिक दलहरुसंग मिलेर जाने प्रतिवद्धता गरे ।
कार्यक्रममा नवनिर्वाचित उप मेयर माया शर्माले निर्वाचनमा विजयीभएपछि आफुहरु कुनै दलविशेषको नभै आम नेपालीको भएकाले नगरवासीको सहयोगमा आफुलेकाम गर्ने प्रतिवद्धता गरीन ,
तुलसीपुर उपमहानगरपालिका निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा भएको नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्रवितरण तथा सपथ ग्रहण कार्यक्रममा वोल्ने राजनैतिक दलका प्रतिनिधिहरुले नगरको विकासमा नागरीक संग गरेका प्रतिवद्धता कार्यान्वयन गर्न सुझाव दिदैं ,कर्तव्यपालन गर्न आग्रह गरेकाथिए ।
तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत गणेश प्रशाद आचार्यको सभापतित्व एवं जिल्ला मुख्यनिर्वाचन अधिकृत चुरामण खडकाको प्रमुख आतिथ्यतामा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्रवितरण तथा सपथ ग्रहण कार्यक्रमम सम्पन्न भएको हो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत चरामण खडकाले उपमहानगरका मेयर र उपमेयरलार्य पदतथा गोपनियताको सपथ ग्रहण गराएकाथिए भने , मेयर घनश्याम पाण्डेले वडाअध्यक्ष र सदस्यहरुलार्य पदतथा गोपनियताको सपथ ग्रहण गराएकाथिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका का कार्यकारी अधिकृत टोपेन्द्रवहादुर केसी नेपाली काँग्रेसका जिल्ला सभापति कृतिवहादुर खडका, नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खडका, नेकपा माओवादी केन्द्रका रामवहादुर दहित, राष्ट्रिय प्रजातन्त्र पाटिका यमिन्द्रवहादुर वली राष्ट्रिय जनमोर्चाका श्यामलाल रिजाल,लगाएतले नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई सहित कार्यकाल सफल्ताको कामना सहित नागरीक सामुगरेका प्रतिवद्धता कार्याृृृन्वयन गर्न अनुरोध गरेकाथिए ।
सहायक निर्वाचन अधिकृत ललितवहादुर घर्तिको स्वागतमन्तब्य वाट शुरुभएको कार्यक्रमको सहजीकरण सहायक निर्वाचन अधिकृत वालचन्द्र गौतमले गरेकाथिए ।
न्वनिर्वाचित मेयर तथा उपमेयरलाई तुलसीपुर आइतावार नै पदभार ग्रहण गराएको छ भने वडाअध्यक्षहरुलाई सोमवार सम्ममा पदभार ग्रहण गराउने तयारी गरिएको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्