होटलमा सिन्डिकेट: गुणस्तरहीन खानाको मनपरि मूल्य असुली



सैघाली खबर, १ साउन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दशैभरिका राजमार्ग आसपासका होटल तथा रेष्टुरेन्टहरुले खुवाउने खाना तथा खाजाको अनुगमन गरी गुणस्तरहीन खाना खुवाउनेमाथि कडा कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्रालयमार्फत पठाइएको पत्रमा मुख्य राजमार्ग तथा सहायक राजमार्गहरुका होटलमा खुवाइने खाना गुणस्तरीय भए÷नभएको अनुगमन गरी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन भनिएको छ ।

राजमार्गहरुमा केही होटलहरुले सिण्डिकेट गरी चालकलाई कमिशन दिने तथा यात्रुलाई गुणस्तरहीन खानाका लागि बढि मूल्य असुली गरी यात्रुलाई ठगी गर्दै आएको गुनासो हेलो सरकारमा पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद मातहत रहेको सो निकायले गृहमन्त्रालयलाई पत्र लेख्दै देशैभरिका होटलमा अनुगमन गर्ने व्यवस्था मिलाउन भनेको हो ।

प्रधानमन्त्री कार्यालयको पत्रसँगै गृहमन्त्रालयले गत असार २५ गते देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई एउटै पत्रमार्फत आ–आफ्ना क्षेत्रमा पर्ने राजमार्गको होटलको खानाको गुणस्तर तथा मूल्य अनुगमन गर्न निर्देशन दिएको हो । सो निर्देशन कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयहरुले भने आनाकानी गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्