घोराही र तुलसीपुरका पत्रकार बिच मैत्रीपूर्ण फुटवल– तुलसीपुरले घोराहीलाई शून्यका बिरुद्ध ५ गोलले पराजित



दाङ साउन १ । घोराही र तुलसीपुरका पत्रकार बिच मैत्रीपूर्ण फुटवल प्रतियोगिता घोराहीमा सम्पन्न भएको छ । दाङ खबर डट.कम.को तेस्रो वार्षिकोत्सवको अवसरमा घोराहीको भरतपुर खेल मैदानमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा तुलसीपुरले घोराहीलाई शून्यका बिरुद्ध ५ गोलले पराजित गरेको छ ।फुटवल प्रतियोगितामा घोराही र तुलसीपुरका क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष सविन प्रियासन र रिपोर्टर्स क्लव दाङका सचिव विमल गौतमको नेत्रित्वमा पत्रकारको टोली खेल मैदानमा प्रबेश गरेको थियो ।खेलको सुरुवातदेखि नै घोराहीमाथि हावी खेदिएको तुलसीपुरको टिमलाई बिजयी बनाउन कपिलमणि लामिछानेले ३ गोल र साजन योगीले २ गोल गर्नुभएको थियो । खेलमा एन्फा रेफ्री नरेन्द्र पुन, वसन्त पुरी र गोपाल श्रेष्ठले एम्पायरको भूमिका निर्वाह गर्नुभएको थियो । खेलमा ३ गोल गर्ने तुलसीपुरका पत्रकार कपिलमणि लामिछानेलाई बेष्ट प्लेएर घोषणा गरिएको थियो ।

यसैबीच प्रतियोगीताका विजेता र उपविजेता टिमका खेलाडीहरुलाई मेडलले सम्मान गरिएको थियो । दाङ खबर डट कमका अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य उत्तरकुमार ओली, विशिष्ट अतिथि घोराही उपमहानगरपालिका पडानम्वर १७ का अध्यक्ष खुसीराम चौधरी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले खेलाडीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्