अचम्मका कुरा

अद्भूत बालक, जसले नहेरी पढ्न, रङ पत्ता लगाउन र मान्छे चिन्न सक्छन् (भिडियो)

By थाहा अनलाइन

July 18, 2018

सैघाली खबर, २ साउन ।

संसारमा केही यस्ता मानिस हुन्छन्, जसकोबारेमा विश्वास गर्न कठिन हुन्छ । सामान्य मानिसले गर्न नसक्ने उनीहरु सजिलै गर्छन् । जस कारण उनीहरु क्षमतालाई विश्वास गर्न कठिन हुन्छ । तर, आँखै अगाडि उनीहरुले गरेर देखाइदिन्छन्, त्यसपछि विश्वास गर्न बाध्य हुन्छन् ।

यस्तै कपिलवस्तुका एक बालकको क्षमता पत्याउन निकै कठिन लाग्छ । तर, उनको क्षमता विश्वास गर्नेपर्ने हुन्छ । उनी हुन् कपिलवस्तुको होराइजन अंग्रेजी आवासिय उच्च माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अविरल पोखरेल ।

उनी नहेरी पढ्न सक्छन्, रंङ पत्ता लगाउन र चिन्न सक्छन् । उनलाई रवि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’ मार्फत सार्वजनिक गरेका हुन् । उनले कार्यक्रममा पनि अविरललाई आँखामा पट्टी बाँधेर रंग पत्ता लगाउन र पढ्न लगाइएको थियो । अविरल सबै कुरा मिलाएर आफ्नो अद्भूत क्षमता देखाएका छन् ।