जीवनप्रेमीले सम्झियो संस्थापक पुनलाई



 

तुलसीपुर २ साउन ।

तुलसीपुर ९ मा रहेको जीवन प्रेमी एजुकेयर एकाडेमीका संस्थापक डा.बिरेन्द्रधर पुनको स्मृति दिवस मनाईएको छ । मंगलबार एक कार्यक्रम गरि स्मृति दिवस मनाईएको हो । दिवसको अबसरमा एकाडेमीमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका पुनको स्मरण गर्दै बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको एकाडेमीका निर्देशन बसन्त शाही ठकुरीले बताए । २०६४ सालमा एकाडेमी स्थापन गरि शिक्षाको पहुँचमा नपुगेका बालबालिकालाई शिक्षा दिन महत्वपूर्ण योग्दान पु¥याउन पुनको महत्वपूर्ण भूमिका रहेको उनले बताए । पुनकै योगदानले गर्दा नै जीवन प्रेमीले अहिले उत्कृष्ठ नतिजा ल्याउन सफल भएको समेत निर्देशक शाहीले बताए । साथै पुनले २०५६ सालमा तुलसीपुरबाट जीवन प्रेमी मेडिकल हल सञ्चालनमा ल्याएर बिरामीहरुको सेवा गरेको बताए । जतिबेला तुलसीपुरमा बिरलै मात्रामा स्वास्थ्य संस्था सञ्चालनमा आएका थिए । त्यस्तो अबस्थामा मेडिकल सञ्चालनमा स्वास्थ्य उपचार पाउने बिरामीहरुको अधिकार प्रत्याभुत गराएको उनको भनाई थियो ।

बिद्यालयका बरिष्ठ सल्लाहकार जनकराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका निर्देशक शाही ठकुरीले पुनको निधनले शिक्षा र स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका थिए । अहिले जीवन प्रेमी एकेडेमीले कक्षा १० सम्म अध्यापन गराउँदै आएको छ ।

शैक्षिक सामग्री बितरण कार्यक्रममा पुनकी श्रीमतीहरु तुलसा कुमारी पुन, श्रीमाया पुन, गिरा पुन, प्रिन्सीपल जगनाथ पुन, भाईंस प्रिन्सीपल मोतीराम भुषाललगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण बिद्यालयका निर्देशक बसन्त शाही ठकुरीले गरेका थिए । यस्तै पुनको स्मृतिमा प्रत्येक बर्ष साउन १ गते जीवन प्रेमी एजुकेयर एकेडेमीले सबै कर्यालय बन्द गर्दै आएको छ । उनको २०७३ साउन १ गते असमायीक निधन भएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्