पहिरोले घर भत्काउँदा ८ महिने बालकसहित ३ को मृत्यु



गोरखा — शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तिनजनाको ज्यान गएको छ ।बुधबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको ज्यान गएको स्थानीय व्यापारी कृष्ण कुँवरले जानकारी दिए। सरु र युनिक आमा छोरा हुन्।

 

‘बिहान साँडे ६ बजेतिर पहिरोले घरको पछाडिको भाग पुर्‍यो, बन्चरोले कोठा फोडेर हेर्दा मान्छेको ज्यान गइसकेको रहेछ,’ कृष्णले भने। पहिरोका कारण उत्त स्थानमा नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन। ‘वैकल्पीक बाटोको प्रयोग गरि सेना र प्रहरी पुग्दैछन्,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले भने।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्