मुख्य समाचार

झापाको अर्जुनधारामा एमालेलाई दोस्रो चरणको १५०औं जित

By थाहा अनलाइन

July 10, 2017

असार २६, काठमाडौं 

नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा १५० स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा जित हात पारेको छ। झापाको अर्जुनधारा नगरपालिकामा विजयी हुँदै एमालेले १५०औं जित दर्ता गरेको हो। अर्जुनधारामा एमालेका हरिकुमार राना १३ हजार ८ सय ७९ मत प्राप्त गरी विजयी भए। उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमराज खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा पनि एमालेले जित हासिल गरेको छ। एमालेकी कमला खतिवडा आचार्य १२ हजार ८ सय ३१ मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती सिटौलाले १० हजार ५ सय ८९ मत प्राप्त गरिन्। दोस्रो चरणमा निर्वाचन भएका ३३४ मध्ये अब धरान उपमहानगरपालिकाको मात्रै मत परिणाम आउन बाँकी छ। ३३३ स्थानीय तहको नतिजा सार्वजनिक भइसक्दा एमालेले १५०, कांग्रेसले १२२, माओवादीले ३८ तथा अन्य दलले २३ स्थानमा जित हात पारेका छन्। नतिजा आउन बाँकी धरान उपमहानगरपालिकामा पनि एमालेले नै अग्रता कायम राखेको छ।