डा. केसीको माग सम्बोधन नभए संसद चल्न नदिने कांग्रेसको निर्णय



सैघाली खबर, २ साउन ।

प्रमुख विपक्षी कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने निर्णय गरेको छ ।सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ ।

कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले जुम्लामा आमरण अनरसनमा बसेका डा. गोविन्द केसीको सम्बोधनका लागि सरकारलाई दबाव दिने निर्णय गरेको छ । डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने निर्णय छ ।

‘डा. केसीसँग सहमति भयो, चिकित्सा शिक्षा अध्यादेश र माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार विधेयक आयो भने संसद चल्छ, नभए चल्न दिँदैनौं’ शर्माले भने । सदको बैठक भोलि बोलाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्