३ साउन, काठमाडौं । जुम्लामा २० दिनअघिदेखि अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।
उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । उनलाई ल्याइएको हेलिकोप्टर बिहीबार साँझ ६ः४५ बजे टुँडिखेलमा अवतरण गरेको छ । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
शिक्षण अस्पतालमा डा. केसीको समर्थक र सर्वसाधारणको भीड लागेको छ । सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचालन गरिएको छ ।
केसीलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिनेछ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।