प्रदेश ५

मुख्यमन्त्री पोखरेलद्वारा रुकुम दुर्घटना प्रति दुःख व्यक्त

By थाहा अनलाइन

July 19, 2018

बुटवल ३ साउन प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार रुकुमपूर्वमा भएको सवारी दुर्घटनामा परी यात्रुको मृत्यु भएकामा दुःख र मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सदरमुकाम रुकुमकोटबाट धौलापैरातर्फ जाँदै गरेको लु १ ज २५७३ नंको जीप बुधबार अपराह्न सिस्ने गाउँपालिका–५, धार्पानीमा दुर्घटना हुँदा सात जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका थिए ।