साउन १ गते देखि मतदाता नामावली अद्यावधिक गरिने



काठमाडौं- निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनलाई मध्यनजर गर्दै साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरेकाे छ ।

पहिलाे र दाेस्राे स्थानिय तहकाे निर्वाचनमा धेरै मतदाता छुटेकाे गुनासाे अाइरहेका वेला अायाेगले  प्रादेशिक र संसदीय निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालयमार्फत फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न लागेको हो।

उमेर पुगेर पनि मतदाता नामावलीमा नाम छुटेकाले  जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्