
पुर्वि रुकुमको रुकुमकोट थियो सुदन थापाको घर । अहिले घोराही नजिकै पर्छ नारायणपुर । पुर्वि रुकुमकोटबाट नारायणपुर आएको करिब १५ वर्ष जति भयो बसाई सरेर । रुकुमका भीर पहरा, भञ्ज्याङ चौतारी, पानी पधेरोले संग उनको जन्मजात सम्बन्ध छ । उनको गाउँ, घरछिमेक, परिवार र वरवर कोही कसैलाई कलारकार बन्ने, अभिनय गर्ने गीत गाउने रहर भएन ।
साथीसंगीहरुको भिडमा अलि फरक बाटो समात्न मन लाग्यो सुदनलाई । जति बेला चेतनाको विकास भयो । गीत संगीतलाई अपनत्व फिल गर्न सकिने भयो । त्यहि समय देखि सुरु भएको हो सुदन थापाको कलाकारिता । रुकुमकोटकै पहाड, खोलानाला र रुखहरु संगको सम्बन्धकै कारण उनले गीत गाउने कला प्राप्त गरे ।
कक्षा पाँच सम्म रुकुमकोटमै अध्ययन गरेका सुदन त्यसपछि बसाई सकेर दाङ आए । दाङको नारायणपुरमा ८ कक्षा अध्ययन गरेका उनले ९ र १० कक्षा अध्ययनका लागि फेरी रुकुमकोट नै जानु प¥यो ।
मनमस्तिष्कमा सुशुष्त अबस्थामा रहेको कलाकारिता २०६९ साल देखि औपचारिक रुपमा बाहिर ल्याए । त्यो पनि गायन क्षेत्रमा । सानै देखि गाउँमा गीत गाउने रहरले उनलाई नविल राप्ती आईडल सम्म ल्याईपु¥यायो । उनले त्यो कार्यक्रममा केहि समय सम्म प्रतिस्पर्धा गरे । त्यसपनि उनलाई कलाकारिताको नसा चढ्यो ।
त्यसको केहि समय पछि दाङको एफ रेडियोमा कार्यक्रम सञ्चालन गर्ने भरतमणि पौडेलले नाटकमा पनि काम गर्थे । उनै पौडेल संग जोडिन पुगे सुदन । घोराहीको कर्मचारी मिलन केन्द्रमा भैरहेको नाटकको तयारीका लागि पनि सुदनले काम गर्न पाए । चेलिबेटी बेचविखन विषयमा तयार पारीएको नाटक जव मञ्चन भयो । तव उनको सम्भावनालाई लिएर धेरैले चर्चा परिचर्चा गरे । र हौसला दिए । त्यहि समयको मोडबाट अभिनय यात्राको सुरु भएको क्षण हो भन्छन् सुदन । ‘सुरु सुरुमा त साह्रै डर, लाज र उत्सुक्ता महसुस गरिहेको थिएँ, तर नाटक देखाई सके पछि सबैलाई मेरो प्रस्तुतीलाई तारिफ गर्नुभयो ।’ उनले भने, ‘त्यस पछि म भित्र अभिनय गर्ने क्षमता छ भन्ने लाग्यो ।’ सदनलाई याद छ, त्यो कार्यक्रमको प्रमुख अतिथी मथुरा प्रसाद श्रेष्ठ थिए । श्रेष्ठले खुब तारिफ गरेका थिए ।
त्यसपछि सुरु भएको अभिनय यात्राले सुदन थापालाई पछाडी फर्किन बाध्य बनाएको छैन । साना साना कामहरु गर्दै सुदन थापाको यात्रा अगाडी बढिरहेको छ । २०७० सालमा अन्तिम पल्ट नामक सर्ट मुभि निर्माण गरेर अभिनय गरेका सुदन थापाले यस विचमा धेरै सर्ट भुमि देखि ठुलो पर्दाको चलचित्रहरु समेत निर्माण गरे । तर विभिन्न कारण र समस्याले दर्शकहरुले हेर्न पाएनन् । त्यस पछि उनले निर्माण गरेको यार्सा दाङ घोराहीको निमा चित्र मन्दीरमा प्रर्दशन भयो । लघु चलचित्रको रुपमा निर्माण गरेका यो चलचित्रले उनलाई केही हद सम्म माथी उठायो । त्यसपछि छलबाटोमा सुदनको अभिनयमा झन निखार आयो । बसन्त घर्ति मगरले निर्माण गरेको ठुलो पर्दाको चलचित्र उहिले बाजेको पालामा छोटो भुमिका देखिएका सुदनले प्राविधिक रुपमा धेरै ज्ञान हासिल गर्नका लागि सहयोग ग¥यो । त्यस पछि चेतन कोईरालाले निर्माण गरेको र योगेश भट्टराईले निर्देशन गरेको राधा चलचित्रमा भिलेनमा देखिए ।
सुदन थापा चलचित्रमा मात्र हैन म्युजिक भिडियोमा समेत काम गर्दै आएका छन् । आधा अर्जन म्युजिक भिडियो काम गर्दा गर्दै उनि आफैले गीत गाउने र संगीत गर्ने सम्मका काम गरेका छन् । कलाकारिताको क्षेत्रमा धेरै पक्ष तिर हात हालेरका सुदन थापाको ‘पग्लियो, पग्लियो…’ बोलको गीत बजारमा छ । जस्लाई राजेश पायल राई र विन्दु परियारले स्वर दिएका छन् भने शब्द र संगीत सुदन थापाले गरेका छन् । अब छिट्टै बजारमा आउन लागेको ‘पापै लागोस पापीनीलाई…’ बोलको गीतमा भने शब्द, संगीत र स्वर आफ्नै रहेको सुदन बताउछन् ।
अहिले सुदनले नायकी अभिनय प्रस्तुत गरेको चलचित्र साईली निर्माण भैसकेको छ । त्यो चलचित्र दर्शक माझ आउन अब दुई महिना जति लाग्छ । भदौ ५ गते देखि सुटिङ सुरु हुने प्रेम नाथ चलचित्रमा भने सदनले भिलेनको भुमिकामा देखिदै छन् । यस्तै नोटबुक टु र ईहिरी चलचित्रका लागि पनि सुदनले आफ्नो भुमिका देखाउने छन् ।
सबै प्रकारका कथा बस्तु, सबै प्रकारका चलचित्र र सबै प्रकारका अभिनयमा जम्न सक्ने सुदन थापा यद्यपी जिल्ला बाहिर चर्चामा छैनन् । ‘भर्खरै संघर्षको यात्रा सुरु भएको छ । धेरै कुरा सिक्नु पर्ने छ । धेरै अध्ययन गर्नु नै छ । अहिले नै यसको प्रतिफल खोज्नु पर्ने समय आईसकेको छैन ।’ सुदनले भने । केहि समय काठमाण्डौमा बसेर चलचित्र सम्बन्धी धेरै कुरा अध्ययन गरेका उनिले अब थिएटरका विषयमा अध्ययन गर्ने योजनाका साथमा काठमाण्डौ जाँदै गरेको सुदनले बताए ।
दाङमा कलाकारिताको सम्भावना हुँदा हुँदै पनि मेकरहरुको एकता हुन नसक्दा काठमाण्डौ धाउनु पर्ने अबस्था रहेको उनको बुझाई छ । जिल्लामा बसेर व्यवसायीक रुपले अभिनय गर्ने बाताबरण निर्माण हुनका लागि धेरै समय लाग्ने उनले बताए

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।