करोडौं ठगि आरोपमा नेविसंघका पूर्वउपाध्यक्ष पक्राउ



काठमाडौं, २६ असार । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह ठगि आरोपमा पक्राउ परेका छन् । विदेश पठाइदिने भन्दै करोडौं पैसा ठगि गरेको भन्दै उजुरी परेपछि शाहसहित चार जना पक्राउ परेका हुन् । उनलाई १५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।

शाहकै गृह जिल्ला सल्यानका युवायुवतीसँग १ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्य जिल्लाका पनि थुप्रैसँग रकम उठाएको शाहलार्इ अारोप लागेको छ ।

जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले पैसा उठाएको भन्दै उजुरी परेपछि महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको एसएसपी प्रकाशजंग कार्कीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्