प्रदेश ५

दाङमा ३० हजार फलफूलका बिरुवा वितरण

By थाहा अनलाइन

July 10, 2017

जंग बहादुर रेउले २६ असार,दाङ । दाङमा ३० हजार फलफूलका बोटविरुवा वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय दाङले जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले घर बगैचा तथा फलपूmल बगैचा ब्लक निर्माण गर्ने उद्देश्यले विभिन्न व्यक्ति तथा कृषि फर्महरु लाई बोट विरुवा वितरण गरेको हो ।

जिल्ला कृषि विकास कार्यालय दाङका बाली विकास अधिकृत धनराज गौतमका अनुसार जिल्लामा आँप, अनार, लिच्ची, केरा ,कटर, र कागती लगाएतका बोटविरुवा वितरण गरेको जानकारी दिएका हुन । करिव ७ लास ५० हजार बरावरको फलफूल वितरण गरिएको गौतमले जानकारी दिए । फलफूलमा हाल जिल्लाबाट दैनिक हजारौ मूल्य बराबरका बाहिरिने गरेकाले उक्त फलफूल खपतलाई न्युनिकरण गरी आत्म निर्भर बनाउँने जिल्ला कृषि विकास कार्यालयको लक्ष्य रहेको जानकारी दिएका थिए ।