राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर



सैघाली खबर, ४ साउन ।

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रिदर २९ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रिदर ३० रुपैयाँ ४४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ र बिक्रिदर ३० रुपैयाँ १६ पैसा तोकेको छ ।

 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रिदर २७ रुपैयाँ २६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रिदर ९ रुपैयाँ ७२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ३९ पैसा छ भन बिक्रिदर ३ सय ६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९१ रुपैयाँ २९ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्