कार्यकर्ता रिहा गर भन्दै नेकपा द्वारा मंगलबार एकदिने नेपाल बन्द



असार २६, दाङ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले एकदिने बन्दको आह्वान गरेको छ । नेपकपाले आफ्नो कार्यकर्ताहरुलाई रिहाइको माग गर्दै असार २७ गते अर्थात मंगलबार नेपाल बन्दको आह्वान गरेको हो । दाङ जिल्लाका सेक्रेटरी सविन पोख्रेलले सोमबार विज्ञप्त जारी गर्दै यस्तो बताएका हुन ।


स्थानिय चुनाव खारेजीको माग गर्दै सञ्चालन गरेको एकीकृत जनजागरण तथा प्रतिरोध अभियान शान्तिपूर्ण रुपले चलिरहेको बेला पार्टीका केन्द्रिय सदस्यहरु सन्देश पौडेल र सुुमन लिम्बु राई लाई विना कारण गिरफ्तार गरेको गरेको छ । गिरफ्तार गरिएको कार्यकर्तालाई अहिले सम्म पनि रिहाई नगरी बरु झुट्टा मुद्धा लगाउन खोजेको भन्दै पार्टीले बन्दको आह्वानग दाङ जिल्ला सेक्रेटरी सविनले जानकारी दिएका हुन ।

 

नेपालल बन्दमा सम्पूर्ण यातायात, उद्योग, व्यापार, शिक्षण संस्था बन्द गरि आन्दोलनमा एक्याबद्धता जनाइदिन पार्टीले विज्ञप्ती मार्फत अनुरोध समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्