शिवु खनाल
देउखुरी, ४ साउन । देउखुरीमा मृत अवस्थामा शव फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ३ काैडिया निवासी कैलाश बुढाथोकीकाे शव फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
बाख्रा ग्वाला गएका ग्वालाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव लमही नगरपालिका वडा नम्बर ६ लमही घाेराही सडक खण्ड कुलमाेहर नालिमा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । मृत्युका भाईले मेरै दाइ हुनुहुन्छ शव एम्बुलेन्समा हाल्नुस् भनेपछि शव लमही अस्पतालमा पाेष्टमार्टमकाे लागि लगिएको छ । अाफ्नै तालमा हिड्ने, अत्याधिक मदिरा सेवन गर्ने प्राप्त खबरमा पाईएकाे छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।