दाङ,५ श्रावन । घोराही उपमहानगरपालिका १४ मा नमुना विद्यालय स्थापनाका लागि १६ बुदे प्रतिद्धता पत्र निर्माण गरिएको छ । वडामा संचालित सामुदायिक विद्यालयका प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहभागितामा उक्त प्रतिद्धतापत्र निर्माण गरिएको । वडामा संचालित विद्यालयमा नमुना विद्यालयमा रुपमा संचालन गर्नका लागि यो अभिभयान संचालन गरिएको वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।
उक्त प्रतिबद्धता पत्रमा शिक्षक र विद्यार्थी १० बजे अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुनपर्ने, कक्षा कोठामा शिक्षकले पाठ्यक्रम अनुसारको शैक्षिक सामग्री अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, भय रहित र पूर्ण वालमैत्री कक्षाका रुपमा पठन ÷पाठन संचालन गर्नुपर्न, विद्यार्थीहरुलाई शुरक्षित खानेपानीको व्यवस्था गर्ने,विद्यालय परिसर र कक्षाकोठा पूर्ण सरसफाईको व्यवस्थापन र बिद्यालय परिसरमा पुष्पवाटीका निर्माण गर्नुपर्ने, बिद्यार्थी र शिक्षकका लागि शौचालयको राम्रो व्यवस्थापन गर्नुपर्ने अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।
यसका साथै लागु औषध दुर्बेसनी मुक्त गर्नका लागि प्रत्येक विद्यालयमा फोकल पर्सन तोक्नुपर्ने । शिक्षक बिदामा बस्दा एक दिन अगाडी विदा स्वीकृत गर्नुपर्ने,बिद्यार्थीहरुबाट शुल्क न्यकुनै कामगर्दा वडा कार्यालयलाई लिखित जानकारी गराउनुपर्ने, प्रत्येक महिना विद्यालय व्यवस्थापन समितिको बैठक अनिवार्य बस्नुपर्ने, प्रत्येक विद्यालयको आय÷ब्ययको विवरण लिखित रुपमा वडा कार्यालयलाई जानकारी गराउनुपर्ने, शिक्षकले विद्यार्थी संग प्रत्येक दिन एउटा अंग्रेजी शब्द बोल्न र विद्यार्थीलाई लेखेर ल्याउन लगाउँने, विविध विषयमा अन्तर विद्यालय प्रतियोगीता संचालन गर्ने, शुरक्षित खानोपानी वितरणका लागि सबै बिद्यालयहरुमा अनिर्वाय युरोगार्डको व्यवस्थापन र तत्काल शौचालयको व्यवस्थापन समेत उहाँले वताउँनुभयो ।
साथै विद्यार्थीहरुका लागि प्रत्येक विद्यालयमा संस्कारीक पठन / पाठनको व्यवस्था गर्नुपर्ने, विद्यालयमा जातीय छुवाछुत तथा विभेद सम्बन्धी अन्तरक्रिया र पठन पाठन संचालन गर्नुपर्ने समेत अध्यक्ष डाँगीले जानकारी दिनुभयो । त्यस अबसरमा बोल्दै घोराही उपमहानरपालिका शिक्षा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले यस आर्थिक बर्षमा घोराहीकमा पाँच सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा स्थापना गर्नका लागि आफु लागेको वताउँनु भयो । तयसका लागि बजेट समेत छुट्टाएर प्रकृया समेत अगाडी बढाएको उहाँले जानकारी दिनुभयो । नमुना विद्यालय छनौट गरी ती विद्यालय उक्त विद्यालयहरुलाई सम्मान गर्ने समेत वताउनुभयो ।
त्यस अबसरमा वडा नं. १४ सदस्य लछुमन बुढ, बाल विकास मा.वि प्रधानध्यापक राजेन्द्रकुमार श्रेष्ठ, शुभप्रभात माविका प्रधानध्यापक रुद्र बुढा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत दलामी,प्रा.वि. बालमन्दिरका प्रधानध्यापक बिष्णुभण्डारी अध्यक्ष भिमबहादुर बुढा मगर,मदरसा दारुल हुदा अलसल्फिया प्रावि प्रधानध्यापक ममता खत्री अध्यक्ष अशद अलि सिद्धिकीको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।