दाङ,५ श्रावन । धान रोपिएको खेत चिराचिरा परेर फाटेको छ । किसानको मानो रोपेर मुरि फलाउने सपना बिचमै तुहिने हो कि भन्ने पिरलो सुरु भएको छ ।
साउन महिनामा पनि प्रयाप्त पानी नपर्दा किसानले लगाएको धान सुक्न थालेपछि दाङका किसान चिन्तामा परेका छन् । आकाशबाट पानी नपरेपछि उनिहरुले भगवान खुशी पार्न भन्दै कुलोको मुहानमा भेँडाको बलि दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ स्थित मजगाउँका किसानले डुव्रा कुलोको मुहानमा भेँडाको बलि दिएका हुन् । दाङमा आधा मात्रै खेतमा धान रोपिएको छ ।
प्रयाप्त पानी नपर्दा खेती हुन सकेको छैन् भने, रोपिएको धानमा पानी सिँचाई गर्न नपाउदा धान सुक्न थालेको हो ।‘पानी नपर्दा धेरै खेत बाँझै छन् । कुलोमा पानी छैन्’ स्थानीय देवेन्द्र डाँगीले भने–‘भगवानसँग प्राथना गर्न मुहानमा पूजा गरिएको छ । सायद अब पानी पर्छ कि ?’