अपराधीलाई निस्तेज गर्न मन्त्रालय प्रतिबद्धः गृहमन्त्री



लालबन्दी, सर्लाही, ५ साउन  गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका अपराध र अपराधीलाई निस्तेज गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ ।

नेपाल मगर संघ २ नं प्रदेश समितिले आज सर्लाहीको लालबन्दीमा आयोजना गरेको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले जनतालाई ठग्ने, विकास निर्माणका काममा लापरबाही गर्ने र राज्यको राजश्व दोहन गर्ने सबैलाई क्रमैसँग कारबाही गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पहिचान, प्रतिनिधित्व र प्रगतिका निम्ति सबै जातजातिले आ–आफ्नो ठाउँबाट आवाज बुलन्द गर्न जरुरी रहेको बताउँदै गृहमन्त्री थापाले देशको समृद्धि र विकासका लागि मगर समुदायले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा २ नंं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले यो प्रदेशलाई समृद्ध र विकसित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल मगर संघ २ नं प्रदेश समितिका संयोजक लेखराम जर्गामगरको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्री थापा, मुख्यमन्त्री राउत, प्रदेशसभा सदस्य बेची लुंगेलीलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मगर संघका केन्द्रीय तथा २ नं प्रदेशका ८ वटै जिल्लाका मगर अगुवा सहभागी भएका थिए ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्