माओवादीको चुनावी समीक्षा बैठक



असार २७

नेकपा माओवादी केन्द्रले आज चुनावी समीक्षा गर्ने भएको छ । त्यसका लागि दिउँसो २ बजे केन्द्रीय कार्यालय बैठक बोलाएको हो । दुवै चरणको चुनावमा तुलनात्मक रुपमा कम सिट जितेको विश्लेषण गरेको माओवादी केन्द्रले आज बैठक नै बसेर त्यस विषयमा छलफल गर्न लागेको हो । माओवादी केन्द्र पहिलो र दोस्रो दुवै चरणमा तेस्रो स्थानमा रहेको थियो । यो चुनावको समीक्षा गरेर चुनाव हार्नुका कारण खोज्दै प्रदेश २ को चुनावको लागि रणनीति बनाउ लागेको प्रवक्ता पम्फा भुसालले सीआईएनलाई जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्