पहिरो पन्छाएपछि मुग्लिन नारायणगढ सडकमा गाडी चल्न थाल्यो



असार २७

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि आज बिहान साढे ५ बजेदेखि गाडी चल्न थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले साढे २ घण्टामा पहिरो पन्छाउन सकिएको हो । राति रोकिएका सवारीसाधन नारायणढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट ५ बजे छाडिने भएपनि पहिरोका कारण केही समय ढिलो मात्र छाडिएको उहाँले बताउनुभयो पहिरोले सवारी छोड्न ढिला भएपछि सडकमा सवारीको चाप बढेको छ । आइतबार साँझदेखि रातको समयमा मुग्लिन नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । सवारी आवागमन रोकिए पनि रातको समयमा समेत तीनवटा ¥यापिड रेस्पोन्स टिमको व्यवस्था गरिएको छ । यसले सडकको अवस्थाबारे राति पनि अनुगमन गर्ने गर्दछ । गएराति पनि दुईवटा एम्बुलेन्सलाई सोही टोलीले सडक पार गराएको थियो । सडकमा पहिरो खस्ने समस्या बढेपछि रातमा आवागमन रोक्नुका साथै सुरक्षा सतर्कता बढाइएको छ । थापाका अनुसार सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको छ । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उहाँले जानकारी दिनुभयो । तीनवटा टिमले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्