दाङ , ७ साउँन । घोराही स्थित बालमन्दिरमा रहेको सार्वजनिक शौचालयको सोमबार उद्घाटन गरिएको छ । उक्त शौचालयको घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी र घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगील संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । उक्त १७ लाख ९ हजार ३६ रुपैयाको लागत मा निर्माण कार्य सम्पन्न भएको हो ।
जस अन्तरगत घोराही उपमहानगरपालिकाको १७ लाख ५ सय ४३ रुपैयाको अनुदान र स्थानीयहरुका ८९ हजार ५ सय १ रुपैयाको लागत सहभागितामा निर्माण गरिएको शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष मोहनेश्वर आचार्यले जानकारी दिनुभयो । शौचालयबाट करिव ५ हजार ६ सय सर्वसाधारण लाभान्वित हुने आचार्यले जानकारी दिनुभयो । शौचालयको उद्घाटन गर्दै मेयर चौधरीले घोराहीलाई व्यवस्थित शहरका रुपमा विकास गर्नका लागि शौचालयले सहयोग पु¥र्याउने वताउँनुभयो ।
घोराहीको तुलसीपुर चोक, रझेना चोकमा यसैबर्ष सार्वजनिक शौचालय निर्माण गर्ने हुने वताउँनुभयो । घोराही उपमहानगरपालिकाले सुरु गरेको हरित नगर निर्माणका लागि सहयोग गर्न समेत उहाँले सम्पूर्ण नगरवासी आग्रह गर्नुभयो । विशिष्ट अतिथी घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले घोराही स्थित बालमन्दिरमा तेश्रो शौचालयमा रुपमा मैत्रीपूर्ण शौचालय निर्माण गरिएको वताउँनुभयो । उहाँले बालवालिका, महिला,पुरुष, अपाङ,तेश्रो लिङ्गीका लागि छुटछुटै शौचालय निर्माण गरेको वताउँनुभयो ।
मिलनचोक टोल विकास संस्थाका अध्यक्ष दिलीप डि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १४ का सदस्य गुलाम रसुल, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन लगाएतले वोल्नु भएको थियो ।वडा सदस्य निर्मल न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बिष्णु शर्माले गर्नु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।