तुलसीपुर वडा नम्बर १८ र १९ का जनप्रतिनिधिद्धारा पदभार ग्रहण



दाङ २७, असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ र १९को पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संयुक्त वडा कार्यालयका सचिव कृष्णबहादुर वलीको अध्यक्षतामा पदभार कार्यक्रम सम्पन्न भएको हो ।

पदभार कार्यक्रममा १८ नम्बरका वडाध्यक्ष माधव वलीले सबैको सहयोग र साथ लिएर अघि बढ्ने बताउनुभएको थियो । साथै जनतालाई सहज र सर्वसुलभ सेवा दिइने समेत बताउनुभएको थियो । वडा नम्बर १९का अध्यक्ष रामबहादुर योगीले प्रतिबद्वता पत्रका उल्लेख गरेका योजनाहरु कार्यान्वयन तहमा लैजाने प्रतिबद्वता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काग्रेस साविक बिजौरी गाविसका सभापति हिमबहादुर डाँगीले प्रतिपक्षको सहयोग र साथ लिएर अघि बढ्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल, बिजौरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कमानसिहं डाँगी, साबिक बिजौरी गाविसका उपाध्यक्ष केशवकुमार शर्मा, स्वास्थ्य चौकीका प्रमुख डिल्ली केसी, साबिक बिजौरी गाविस कार्य सञ्चालन समितिका सदस्य पशुपति शर्मा, नेकपा एमाले वडा नम्बर १८का इन्चार्ज शेरबहादुर खडका, संयोजक चित्रा धिताल लगायतकाले बोल्नुभएको थियो ।

कार्यक्रममा सामाजिक परिचालक दीपेन्द्र थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यालयका विष्णु रेग्मीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । यसैबिच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ र १७को पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर १६का अध्यक्ष भुपबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने १७को वडाध्यक्ष थलराज पुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संयुक्त वडा कार्यालयका सचिव गेहराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने राजेन्द्र केसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्