सधारिएको बाख्राको खोर निर्माणका लागि १३ लाख प्रदान



गोरखा, २७ असार । सिरान्चोक गाउँ पालिका वडा नं. ३ हर्मीमा सुधारिएको बाख्राको खोर निर्माणका लागि १३ लाख आठ सय रुपैयाँ प्रदान गरिएको छ ।

साविक हर्मी गा.वि.स.का कमजोर आर्थिक अवस्था भएका १२६ घर परिवारका लागि सुधारिएको बाख्राको खोर निर्माणका लागि उक्त रकम प्रदान गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाका सभापति भगवान बाबु मास्के, मन्त्री राजेन्द्र न्यौपाने, कोषाध्यक्ष रामशरण आचार्य, भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक शिव प्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाईटी हर्मी उपशाखाका सभापति रामप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सिरान्चोक स्थित वडा कार्यलयबाट आइतबार सहयोग रकम हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका मन्त्री राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्