गृहमन्त्रीले भेटे मतदान स्थलमा बम पड्किनबाट जोगाउने हवल्दारलाई



असार २७, काठमाडौं । दाङको तुल्सिपुर स्थित अम्बास मतदान केन्द्रमा मतदान गरिरहेको अवस्थामा प्रहार भएको बम पडकिन नदिएर तत्काल टिपेर मतदान स्थल बाहिर फालेका प्रहरी हवल्दारलाई गृहमन्त्रीले भेटेर बधाई दिएका छन् ।

गृहमन्त्री जनार्दन शर्माले आज हल्दार दुर्गा बहादुर रानालाई गृहमन्त्रालयमा बोलाएर बहादुरीको प्रशंसा गर्दै थप राम्रो काम गर्न हौसला दिनुभयो । दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा दाङ, तुल्सिपुर उप–महानगरपालिका वडा नं ३ स्थित आधारभुत विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रमा मतदान केन्द्रलाई लक्षित गरी बम फालिएको थियो ।

असार १४ गते मतदान कार्य सम्पन्न हुनासाथ गृहमन्त्री शर्माले रानालाई फोन गरेर बधाई दिनुभएको थियो । रानाले यदि सो बम मतदान केन्द्र बाहिर फाल्न नसकेको भए सो मतदान केन्द्रमा बम पडकिएर ठूलो धनजनको क्षति हुनसक्थ्यो ।

यसैगरी गृहमन्त्री शर्माले आफूले रानालाई १५ सय दिएको भनि गरेको हल्ला निराधार भएको पनि आफ्नो फेसबुक मार्फत स्पष्ट पार्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्