आर्थिक

लखन पार्क निर्माणका बिषयमा बृहत छलफल  पार्क निर्माण गर्छु पूर्व मन्त्री शर्मा

By थाहा अनलाइन

July 24, 2018

जनक नेपाली   दाङ, ८ । श्रावण घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित लखन पार्क निर्माणका बिषयमा बृहत छलफल कार्यक्रम घोराहीमा सम्पन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ ले मंगलवार लखनपार्क मै बहृत छलफल कार्यक्रमको आयोजना गरी पार्क निर्माणका लागि प्रकृया अगाडी बढाउँने अगाडी बढाएको वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले वताउँनुभयो ।

 

त्यस अबसरमा पार्क निर्माण गुरु योजना निर्माण समिति तयार पारिएको प्रतिवेदन समेत पूर्व मन्त्री शर्मालाई हस्तान्तरण गरिएको थियो । प्रतिवेदन हस्तान्तर गर्दै पार्क निर्माण गुरु योजना निर्माण समितिका संयोजक हेमराज बञ्जाडेले पार्क निर्माणका लागि २ करोड ४७ लाख रुपैयाँ आश्यक पर्ने वताउँनुभयो ।

संयोजक बञ्जाडेका अनुसार पार्क निर्माणका लागि पहिलो चरणमापार्कभित्रको भाग सडक भन्दा उचाई बनाईने ,पार्क भित्रभागमा माटो फिलिङ गर्न ३० लाख, पार्कको कम्पाउन्ड बाहिर नाली सहितको फुटपथ,निर्माणका लागि करिव २५ लाख,पर्खाल निर्माणका लागि २९ लाख, पार्कमा अण्डर ग्राउण्ड बिद्युतिकरण गर्न १८ लाख र दोश्रो चरणको कार्यको सन्दर्भमा डिजाईन स्टिमेन्ट गर्दा बखत करिब १ करोड २५ लाख गरी जम्मा २ करोड ४७ लाख रुपैयाँ अनुमानित बजेट लाग्ने वताउँनुभयो । त्यस अबसरमा बोल्दै प्रमुख अतिथी पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले पार्क निर्माणका लागि भुमिका खेल्ने वताउँनुभयो ।

लखन पार्क दाङकै सम्पतिको रुपमा रहेको वताउँदै त्यसको व्यवस्थापन र पार्क निर्माणका लागि आबश्यक पर्ने वजेटको जोह आफै गर्ने वताउँनुभयो । कार्यक्रममा वडा नं. १४ मा रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारी, गुरु योजना निर्माण समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।