दाङमा देखिए मसालका महामन्त्री मोहनविक्रम



दाङ, साउन ८ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह मंगलबार दाङमा देखिए । अर्थभुमिगत रुपमा राजनीतिक क्रियाकलापहरु गर्दै आएका नेता सिंह छलफल चौतारी दाङले आयोजना गरेको बर्तमान अबस्था र भावि दिशा विषयक छलफल कार्यक्रममा महामन्त्री सिंह दुई घण्टा लामो कार्यक्रममा सहभागी भए ।सिंहले भने आफु मात्र नभई सिंगो पार्टी नै अर्धभुमिगत रुपमा काम गरिरहेको बताए । पार्टीको प्रबक्ता मात्रै सार्वजनिक हुने गरेको भन्दै अन्य सम्पुर्ण गतिविधिहरु भुमिगत अबस्थामा नै रहेको उनले बताए ।

नेपाली कम्युनिष्ट आन्दोलनका शिखरपुरुष मानिने सिंहले संसारका सम्पुर्ण कम्युनिष्टहरु खत्तम भए पनि कम्युनिष्ट आन्दोलन बाँकी नै रहने बताए । संसारमा कम्युनिष्ट आन्दोलनको भविष्य उज्जवल रहेको बताउँदै नेता सिंहले आन्दोलनकै क्रममा केहि निरासाजन्य गतिविधिहरु भैरहेको र त्यो स्वभाविकै रहेको उनको भनाई थियो । संसारमा जसरी दासयुग, सामन्तयुगको समाप्त भयो, त्यसरी नै पुजिँबादी युगको पनि समाप्त हुने र संसारका मानिसहरुले देखेको समाजबादी हुँदै साम्यबादी युगमा प्रबेश गर्ने उनले बताए । समाजबादी काल्पनिक सपनामात्र नभई यो बस्तुगत सपना भएको उनको भनाई छ ।

नेपाली राजनीतिक परिवर्तनको पछाडी कम्युनिष्ट आन्दोलनको भुमिका महत्वपुर्ण रहेको भन्दै अहिलेकै उपलब्धीमा समाजबाद व्यवस्थाको अपेक्षा गर्नु गलत हुने भन्दै उनले समाजबाद समक्ष पुग्ने प्रक्रियामा नै रहेको टिप्पणी गर्नुभयो । अहिले देश अर्धउपनिबेश अबस्थामा रहेको भन्दै उनले समाजबाद हुँदै साम्यबाद सम्म पुग्नका लागि पुजिँबादका सम्पुर्ण संरचनाहरु सामाजिकीकरण र राष्ट्रियकरण हुनु पर्ने उनको भनाई थियो । उनले अहिले त्यो सम्भव नभएको धारणा राखे । ‘समाजबाद हुँदै साम्यबाद सम्म पुग्न यत्तिको संघर्षले पुग्दैन, ठुलो संघर्षको आबस्यकता पर्छ’ उनले भने, ‘उद्योग, ब्यापार, कृषि जस्ता पुजिँबादले निर्माण गरेका विषयहरु राष्ट्रियकरण गर्नुपर्छ । त्यो अहिले सम्भव नै छैन ।’ संविधानले समाजबाद उन्मुख भनेको जानकारी गराउँदै उनले त्यो महत्वपुर्ण पाईलाको रुपमा स्वीकार गरे ।

कार्यक्रममा अहिलेको सरकार परिक्षाको घडिमा रहेको बताए । लामो समय देखि जनताले अपेक्षा गरेको कम्युनिष्ट सरकार अहिले निर्माण भएको भन्दै यो सरकार संग ईच्छाशक्ति, नैतिकता र कोसिस हुनुपर्ने र त्यसको आधारमा मात्रै सविधानमा लेखिएको समाजबाद उन्मुख सरकार हुने उनको भनाई छ । तर सरकारले कुन बाटो समात्छ त्यो हेर्न बाँकी रहेको उनले बताए ।

राजाबादी शक्तिहरु सल्बलाईरहेको चर्चा गर्दै कार्यक्रममा उनले नेपालको गणतन्त्र तुहाउने योनामा भारत लागिरहेको बताए । गणतन्त्र सिध्याउनको लागि पहिलो योजना स्वरुप हिन्दु धर्मनिरपेक्षताको मुद्धालाई कमजोर बनाउन थालिएको भन्दै उनले हिन्दु राष्ट्रमा नेपाललाई फर्काएर हिन्दु राष्ट्र जोगाउन हिन्दुबादी राजा फर्काउन खोजेको टिप्पणी गरे ।

नेपालको विरुद्धमा रहेको साम्राज्यबादी शक्तीले पनि नेपाललाई कसरी कब्जामा ल्याउने र भारतमा मिलाउने भन्नेमा लागिरहेको भन्दै उनले नेपाल अहिले सम्म बच्नुको पछाडी उत्तरमा रहेको विशाल चिन नै रहेको उनको तर्क छ । नेता सिंहले भारतलाई नचिढ्याई चिन र विश्वका सबै देशहरु संगको सम्बन्धलाई बलियो बनाउँदै लैजानुपर्ने भनाई राखे । उनले राष्ट्रिय हित अनुसारको परराष्ट्र नीतिको आबस्यकता रहेको बताए ।

डा. गोविन्द केसीको बारेमा बोल्दै नेता सिंहले माथेमा आयोगले निर्माण गरेको प्रतिबेदनलाई सरकारले कार्यान्वयनको चरणमा लैजानु पर्ने धारणा राखे । शिक्षा र स्वास्थ्य जस्ता विषय सरकारले आम जनताको पहुँचको विषय बनाउनु पर्ने भन्दै अहिले एकाध ब्यक्तिहरुको हातमा शिक्षा र स्वास्थ्य कब्जामा रहेको उनको भनाई थियो । यस अगाडी माथेमा आयोगले निर्माण गरेको प्रतिबेदन कार्यान्वयन नै गोविन्द केसीको माग रहेको भन्दै उनले नेपालको विशिष्ठ समस्याको रुपमा रहेको कानुन बन्ने तर कार्यान्वयन नहुनु नै समस्या रहेको उनको टिप्पणी रहेको थियो । केसीको अनसनको विषयलाई लिएर राजनीतिकरण गर्नु गलत भएको बताए ।

महामन्त्री सिंहले नेपालको संघीयता गलत भएको दोहो¥याए । नेपालका कुनै पनि दलहरुको एजेण्डा संघीयता भएको स्मरण गराउँदै नेता सिंहले भारतबाट आएको यो विषय मधेशबादी दलहरुले उठाएकै भरमा सिंगो देशमा नै संघीयता कार्यान्वयनमा दलहरु लागेर गल्ती गरेको बताए । नेपाल जस्तो गरिव मुलुकले संघीयता धान्न नसक्ने भन्दै उनले संघीयता आयातित विषय भएको उनको भनाई रहेको छ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्