व्यापारी श्रेष्ठको हत्याका मुख्य योजनाकार पक्राउ पछि सार्वजनिक, अर्का अपहरित घर्तिको पनि हत्या भएको खुलाशा



दाङ, असार २७


जेठ २६ गते राति अपहरणमा परी हत्या गरीएका तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न भएका भनिएका मुख्य योजनाकारहरुलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
उनिहरुलाई नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गर्न प्रहरी गर्न सफल भएको हो ।
मुख्य योजनाकार भनिएका टीकाराम घर्ती मगर, उनकी छोरी पूजा घर्ती मगर, र मानबहादुर भण्डारी लाई नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले वताएको छ । पक्राउ परेका उनिहरुलाई आज तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
अपहरण पश्चात हत्या गरिएका तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्यमा संलग्न थप ४ जनालाई अंचल प्रहरी गुल्म तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीले सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा श्रेष्ठको अपहरण तथा हत्यामा संलग्न हाल हेकुली–६ बालापुर वस्ने ३७ वर्षिय मान बहादुर भण्डारी, तुलसीपुर–६ वस्ने वर्ष ३९ को टीकाराम घर्ती र घर्तिकी छोरी १८ वर्षिय पूजा घर्तिलाई नेपाल भारत सिमा बाँकेको हिरमनिया बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरि प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार तुलसीपुर–८ वस्ने २८ वर्षिय भुपेन्द्र भण्डारीलाई तुलसीपुरबाट पक्राउ गरी आजै सार्वजनिक गरेको हो । त्यसैगरि प्रहरीले तुलसीपुर–११ कटाहा वस्ने ३० वर्षिय खुम बहादुर केसी र तुलसीपुर ९ वेलुवा वस्ने ४१ वर्षिय नारायण वलीलाई काठमाण्डौबाट पक्राउ गरि आवश्यक अनुसंन्धानका लागी दाङ ल्याउन लागेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै राप्ति अंचल प्रहरी प्रमुख ज्ञान विक्रम शाहले अपहरण तथा हत्या पैसा अशुल्नकै लागि भएको खुल्न आएको बताउनु भयो ।
यसैबिच श्रेष्ठ संग अपहरणमा परेका घोराहीका रणबहादुर घर्तिको समेत हत्या भएको अभियुक्तहरुले प्रहरिलाई बयान दिएका छन । पत्रकार सम्मेलनमा बोल्दै अंचल प्रहरी प्रमुख ज्ञान विक्रम शाहले पक्राउ परेका अभियुक्तहरुले श्रेष्ठ भन्दा करिव डेढ घण्टा अगाडि रणबहादुर घर्तिको हत्या गरेर सोही स्थानमा फालेको बयान दिएको बताउनुभयो । अभियुक्तहरुले घर्तिको पनी हत्या गरेको बयान दिएकोले घर्तिको शव खोजीको लागि प्रहरी घटनास्थल पुग्ने तयारी गरिरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्