सागर थापा,
घोराही ९ साउन।
दाङमा संचालनमा आएका अटो र ई(रिक्साहरुको व्यवस्थापन नहुँदा भयावह स्थिति देखीएको छ । लाइसेन्स नभएरअटो र ई–रिक्सा चलाउदा यसले दुर्घटनाको जोखिम पनि बढाएको छ ।
ट्राफिक नियम पालना नगरेर अनियन्त्रीत भई ई(रिक्सा चलाउदा त्यसको अत्यधिक जोखीम बढ्दै गएको पैदल यात्रुहरुको गुनासो रहेको छ ।
चालक अनुमति पत्र बिना ई (रिक्सा सञ्चालन गर्दा दुर्घटना पश्चात चालक भाग्ने र कारबाहीको दायरामा ल्याउन कठिन भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख मदन कुवरले जनाएका छन ।
त्यतिमात्र नभई अहिले ई(रिक्सा चालकहरुले मनो(मानि रुपमा भाडा असुल गर्दा यात्रुहरु मर्कामा परेका गुनासोहरु आइरहेका छन् । यस अगाडि तय भएको भाडादर कतिपय ई(रिक्सा चालकहरुले अझैसम्म कार्यान्वयन नगरेका पाईएको यात्रुहरुले बताएका छन्।
यसैबीच घोराही उप(महानगरपालिकाका मेयर नरुलाल चौधरीले पटक(पटक सूचना प्रकाशित गरी बिक्रि बितरण रोक्न व्यवसायीहरुलाई आग्रह गर्दा समेत ई(रिक्सा बिक्रि बितरण भने रोकिएको छैन । नगरपालिकाले गरेको आव्हान लाई ब्यवास्ता गर्दै ब्यापारीहरुले भने आफ्नो बिक्रि बितरण कार्य नरोक्दा अहिले ई(रिक्साको संख्या अत्यधिक भएका कारण दाङको बजारमा पार्किङको समेतको समस्या देखिएको र ई(रिक्सामय बनेको छ ।
राप्ती अञ्चल यातायात कार्यालय तुल्सीपुरले बजारमा १ हजार ५५ वटा जति ई(रिक्साको दर्ता रहेको निष्कर्ष निकाल्दै अन्य ई(रिक्साहरुलाई छिट्टै व्यबस्थापन गर्ने जनाए पनि त्यस सम्बन्धि कार्य अझै प्रभाबकारी हुन सकेको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।