घोराही, ९ साउन । यातायात ब्यबस्था कार्यालय राप्तीले जिल्लाका विभिन्न बजारक्षेत्रमा सञ्चालन भएका अटो रिक्साहरुको भाडा दर निर्धारण गरेको छ । यातायात ब्यबस्था कार्यालय राप्तीले प्रतिकिलोमिटर दश रुपैयाका दरले भाडा लिन आग्रह गरेको प्रशतुत बिज्ञप्तीमा उल्ललेख गरीएको छ। ।
जिल्लाका बजारहरुमा सञ्चालन रहेका अटो रिक्साहरुले यात्रुबाट मनपरी भाडा लिने भन्दै चर्को आलोचना हुने गरेको थियो उक्त कुरालाई मध्य नजर गदै त्यसको ब्यबस्थापन गर्न भाढादर निर्धारण गरेको छ। ।
जिल्लाका घोराहीमा ४ वटा अटोरिक्सा समिति, तुलसीपुरमा, लमही र भालुबाङमा २÷२ वटा समिति र सिसहनिया र गढवामा १÷१ वटा समिति गरी १२ वटा अटोरिक्सा समिति दर्ता भई सञ्चालन भइरहेका छन् । कार्यालयका निमित्त प्रमुख मित्रलाल ढकालले सार्बजनिक सुचना प्रकाशन गरी साउन ८ गतेदेखि भाडादर कायम हुने जानकारी दिनुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।