निस्कृय यातायात व्यवस्थापन समिति, टिप्पर आतंक जारी



सागर थापा
दाङ श्रावण ९

सार्वजनिक यातायात लाइ व्यवस्थित गर्न सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बनेको समिति निस्कृय हुँदा दाङको सार्वजनिक सवारी व्यवस्थीत हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।


यातायात व्यवस्था ऐन २०४९ को दफा १५.४ मा यातायात व्यवस्थापन का लागि प्रमुख जिल्ला अधीकारी को अध्यक्षतामा जिल्ला प्रहरी प्रमुख सदस्य, यातायात व्यवसायीहरुको प्रतिनिधी एकजना सदस्य, यातायात मजदुरहरुको प्रतिनिधि एक जना सदस्य, र प्रमुख, यातायात व्यवस्था कार्यालय सदस्य सचिव रहनेगरी समिति गठन गर्ने प्राबधान राखिएकोे छ ।
ऐन बमोजिम समिति गठन भएता पनि २०७३ साल देखि हाल सम्म एक पटकपनि समितिको बैठक नबसेको श्रोतले बतायो ।
बढ्दो जनघनत्व, औद्योगीकरण, बढ्दो सवारी साधनहरुको अत्यधिक चाप का कारणले दाङको सार्वजनिक सवारी अस्तव्यस्त भएको एक यातायात मजदुरले बताए ।

 


सार्वजनिक यातायातलाई ऐन बमोजिम व्यवस्थित गर्न मिजकुर कार्यालय (जिल्ला प्रहरी कार्यालय)को मातहतमा रहनेगरी प्रहरी निरीक्षको कमाण्डमा जिल्ला ट्राफिक कार्यालय को व्यवस्था गरिएतापनि समिति निस्किृय हुँदा मोडिफाईगरी ओभर लोड गर्ने ट्रिप्पर, ट्रयाक्टर तथा अन्य ढुवानी गर्ने साधनहरुलाई प्रभावकारीरुपमा नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय श्रोत ले बतायो ।
हरेक पटक जरीवाना गरेर छोड्ने भन्दा अर्को बिकल्प छैन अन ड्युटि ट्राफिक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्