शिक्षा र स्वास्थ्य क्षेत्र सरकारीकरण गरिनु पर्ने सर्जन परियार



शिक्षा र स्वास्थ्य क्षेत्र सरकारीकरण गरिनु पर्ने -विद्यार्थी नेता सर्जन परियार समाजवादमा पुग्ने बलियो आधार भनेको सबै जनतामा शिक्षा र स्वास्थको समान वितर

ण प्रणाली हो। शिक्षा र स्वास्थमा देखिएका सबै खाले निजीकरण र व्यापारीकरणको अन्य गर्दै राष्ट्रिय करण आजको आवश्यकता हो। नत यो विष
यमा डा. गोविन्द केसी बोलेका छन नत सरकार नै! दुबैले शिक्षा र स्वास्थमा व्यापारीकरणको पक्ष पोषण गरेको मात्र देखिन्छ । भलेै कोहि अलिकति सुधारबादी मात्र हिलान। डा.केसि लोकमान कार्की लाई कारबाहीको माग राख्दछन तर भ्रष्टाचार को जालोको विरुद्धमा केही वोल्देैनन। डा.केसी प्रधानन्यायाधीश को कुरा गर्छन तर न्यायालय भित्रको भ्रष्टाचारको बारेमा केही वोल्दैनन। त्यस्तै केही लोकप्रिय सुधारको कुरा मात्र गर्दछन तर सम्पूर्ण शिक्षा र स्वास्थमा देखिएको निजीकरणको अन्तको विषयमा केही बोल्दैनन। जसवाट उनी भन्दा अन्य उपभोक्त
बादी शक्ति ले फाईदा उठाउने देखिन्छ । उनी सक्छन भने भारतले नेपालमा सिमा मिचेको बारे, सुगौली सन्धि बाट नेपालको सिमा गुमेको बारे, शिक्षा र स्वास्थ्य क्षेत्रको सरकारीकरण बारे,न्यायालय भित्र देखिएको विकृति वारे, देशमा देखिएको भ्रष्टाचार जस्ता विषयलाई लिएर अामरण अनसन बसी आन्दोलन गरून्। सबैको साथ रहने छ। के नेपालमा एउटा ड्राइभर,स्युपर, उत्पीडित गरीब किसानको छोरा र समाजमा प्रतिष्ठित भनिएका इन्जिनियर, डाक्टर, मन्त्री , उच्च कर्मचारी ,व्यापारीका छोराछोरी एउटै बेन्चमा बसेर पठनपाठन गर्ने बाताबरण छ??? पक्कै छैन। वास्तवमा यस्तो विषयमा सोच्ना कसैलाई फुर्सद छैन। फलस्वरूप धनीका छोराछोरीको सोच्ने शैली र गरीबका छोराछोरीले सोच्ने शैलीमा निकै अन्तर छ जस्ले वर्गीय खाडल जन्माउन मनोबैज्ञानिक काम गरिरहेको छ। यस्ता विषयलाई हल गरेर मात्र समाजबादको परिकल्पना गर्न सकिन्छ । यो विषयमा नत कुनै समाज शास्त्रीले बोल्छ नत राजनीतिक दलले। नेपाली काग्रेसले यो विषयलाई लिएर सडक र सदनमा बहर गर्न सक्दैन किनकि उ पनि परिस्थितिको फाइदा मात्र उठनउन जानेको छ। देशमा निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई सरकारीकरणको निति अवलम्बन गर्नु पर्छ। निजीकरणको उचित क्षतिपूर्ति सहित पुर्न अन्य हुनु पर्छ। सरकारी नितिकै कारणले लामो समयदे
खि शिक्षा क्षेत्रमा चरम माफिया तन्त्रको नियन्त्रण रहेको छ। अाज व्यापारीहरु अन्य क्षेत्रको लगानी बेचेर शिक्षा तथा स्वास्थ क्षेत्रमा लगानि गर्न तत्पर देखिएका छन, किनको आधारभूत क्षेत्रमै व्यापारको वातावरण राज्यले सृजना गरिदएको छ। उनि हरु अन्य क्षेत्रमा भन्दा शिक्षा क्षेत्रमा धेरै मुनाफा रहेकाले चाउचाउ उद्योग ,कृषि उद्योग, उन्य व्यवासाय मा लगानी गर्नु भन्दा शिक्षा लगानि गर्न रुचाउँछन् । आज मकै पोलेर/गिट्टी कुटेर जीविका चलाउने गरीबले पनि आफ्नो सारा मेहनतको कमाई एउटा छोराछोरीलाई पढाउन प्राइभेट क्षेत्रलाई बुझाउन वाध्याकारी व्यवस्था हामी सग छ। फलस्वरूप गरीबको अझ गरीब र धनीको अझ धनी हुने परिस्थिति निर्माण भएको छ। यस्तो प्रणाली बाट वर्गीय असमानता हल गर्न पक्कै सकिदैन समाजवादको त कुरै नगरोै। त्यसैले राज्यले एकल सरकारी शिक्षा निति र सरकारी स्वास्थ्य निति लागू गर्नु पर्ने आजको आवश्यकता बनेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्