सैघाली अनलाईन खबर
२७ असार,दाङ । उत्पादित कृर्षि जन्य वस्तुले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन । घरेलु तथा साना उद्योग कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको बजार विस्तार तथा अन्र्तक्रिया साथै बजार सम्वन्धमा निर्माण र उत्पादन प्रवद्र्धन सहयोग कार्यक्रममा सहभागी किसानहरुले उत्पादित वस्तुले बजार नपाएको गुनासो गरे ।
जिल्ला समन्वय समिति दाङका स्थानिय विकास अधिकारी कुल वहादुर जिसीको अध्यक्षता एंव घोराही उप–महानगरपालिका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यताका सम्पन्न अन्र्तक्रियामा सहभागी किसानहरुले उत्पादित वस्तुले वजार नपाउदा उत्पादन वस्तु घरभित्रै कुहुवाउनु पर्ने वाध्यता रहेको वताएका थिए । साँविक रामपुरका गोपीलाल चौधरीले उत्पादित वस्तुले आयातित वस्तु संग प्रतिस्पर्धा गर्न नसक्दा स्थानिय उत्पादनले बजार अभावको समस्या खेप्नु परेको वताए । उनले भने वस्तुले वजार नपाउदा कृषकहरुले आर्थिक संकट खेप्न सुरु भएको वताए । ् वर्षदिनभरी खेतमा पसीना वगायो । तर त्यो वगेको पसिनाको मुल्य उठउन मुस्किल हुन्छ । आयो बजारको मुल्य भन्दा आधामै फालेर जानु पर्ने वाध्यता छ । उक्त कार्यक्रममा नेपाल घरेलु तथा सना उद्योग महासंघ दाङका अध्यक्ष तुलसी राणा , उद्योग वाणिज्य संघका सदस्य श्रीधर पौडेल , पत्रकार सन्तोष अधिकारी , भुवन देवकोटा , रचना सुवेदी लगाएतकाले धारणा राखेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उम वहादुर वंलीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी बामदेव रिजालले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।