काठमाडौं आइपुग्यो वायु सेवाको दोस्रो वाइडबडी विमान



 

काठमाण्डौ १० श्रावण ।  याँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको  लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।यसअघि गत असार २४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको थियो ।

निगमका अनुसार दुवै वाइड बढी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।१० साउन । नेपाल वायु सेवा निगम (एनएसी) ले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ए ३०३-२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा अवतरण भएको हो ।

मकालु नाम दिइएको विमानको कल साइन ९ एनएलजेट छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्