मुख्य समाचार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै

By थाहा अनलाइन

July 12, 2017

अुसार, २८

भूकम्पपछिको पुनःनिर्माणका विषयमा छलफल गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दैछ । लामो समयपछि बस्न लागको बैठकमा भूकम्प प्रभावितहरुलाई दिने राहत, बस्ती पुनःनिर्माण र स्थानित तहको जिम्मेवारीका विषयमा छलफल हुनेछ । पुनःनिर्माण प्राधिकरणले तयार गरेको नयाँ कार्य योजना र कार्य प्रगतिको अवस्थालगायत विषयमा बैठकमा छलफल हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक प्राधिकरण निर्देशक समितिको बैठक बस्न लागेको हो । प्राधिकरण निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने कानुनी प्रावधान छ । बैठकका प्राधिकरणका प्रमुख कार्यकारी अध्यक्ष गोविन्दप्रसाद पोखरेलले प्राधिकरणले अहिलेसम्म गरेका कामको बिबरण र कार्ययोजनाका विषयमा कुराकानी गर्नुहुनेछ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका दलहरुको पनि सहभागिता रहनेछ ।