पाकिस्तान चुनाव : अग्रस्थानमा कुन पार्टी ?



सैघाली खबर, १० साउन ।

पाकिस्तानमा भएको चुनावमा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीले सबैभन्दा बढी मत पाएको छ ।

मतदानको १० घण्टा पछि  आएको नतिजा अनुसार  खानको पार्टीले सबैभन्दा बढी मत पाएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् । अहिले सम्मको नतिजा अनुसार दोस्रो स्थानमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग रहेको छ ।

शरीफले जारी मतगणनामा देखिएको परिणामलाई अस्वीकार गरेका छन् । पाकिस्तान मुस्लिम लिगले चुनावी मत परिणाममा षड्यन्त्र भएको आरोप  लगाएको छ । मत गणनामा अग्रता कायम गरेपछि पाकिस्तान तहरीक–ए–इन्साफका कार्यकर्ताले देशभर खुसीयाली मनाउन थालेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्