असार २८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आज थाइल्याण्ड जानुहुने भएको छ । यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअप उपचारका लागि अध्यक्ष प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको उहाँका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँ पर्सी शुक्रबार स्वदेश फर्किनुहुने पनि तिमिल्सिनाले बताउनुभयो । लामो समयदेखि उच्च रक्तचापलगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको उहाँको सचिवालयले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।