हाम्रो समाज कता तिर जादैछ -६ वर्षीय बालिका आफ्नै काकाबाट बलात्कृत



राजविराज , १० साउन। ६ वर्षीय एक बालिका आफ्नै काकाबाट पटक पटक बलात्कृत भएको तथ्य सार्वजनिक भएको छ । घटना राजविराजको हो । बालिकाको बयान अनुसार उनीमाथि बलात्कार गर्ने अरु कोही नभएर २५ वर्षीय उनकै सहोदर काका थिए। उनले पटक मात्रै होइन पटक पटक बलात्कार गरेको आमालाई बताएकी छिन् ।

 

काकाले खानेकुराको लोभ दिएर, धम्की दिएर, डरत्रास देखाएर धेरै पटक बलात्कार गरिसकेको उनले खुलासा गरिन्। बालिकाको काकाले आमा बाबु घरमा नभएको बेला आफ्नी भतिजीलाई बलात्कार गर्ने गरेको खुलासा भएको हो ।

कराउन खोज्दा मुख थुन्ने गरेको पीडितले बताइन्। पीडितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी मंगलबार उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
कञ्चनरुप बजारमा घर बहाल लिएर बसेका पीडितका बुवाले छोरीको संरक्षणका साथै पढाइका लागि भाइलाई आफ्नै भाँडाको घरमा राखेका थिए।

भाइ घरमा रहेका बेला पीडितका बुवाआमा दिनभरी घरदेखि टाढा रहेको पसल सञ्चालन गर्न जान्थे। घरबाहिर काममा गएका बेला घरकोठामा कोही नभएको मौका पारी डरत्रास देखाई संरक्षणका लागि राखेका काकाले नै बालिकाको बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे उजुरी दिन पीडितका बुबाआमा प्रहरीसमक्ष गएपछि आरोपित फरार भएका छन्। आरोपितको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।Todaykhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्